यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

वरिष्ठ उपाध्यक्ष उठ्ने सुवास नेम्वाङको घोषणा

काठमाडौं– नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले चुनाव भए वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ ।

आकांक्षीहरुको संख्या बढेसँगै महाधिवेशन निर्वाचनतर्फ केन्द्रित भएकाबेला नेम्वाङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो । केपी शर्मा ओलीको विकल्प नभएको बताउँदै उपाध्यक्ष पदभन्दा माथि नै उम्मेदवारी (वरिष्ठ उपाध्यक्ष पद) दिने घोषणा गर्नुभएको हो । उहाँले सहमति भए मान्य हुने बताउँदै चुनाव भए मैदानमा उत्रने बताउनुभयो ।

एमाले विधानअनुसार ६८ वर्षीय नेम्वाङले अर्कोपटक नेतृत्व दाबी गर्न मिल्दैन ।

विद्यार्थी छँदा नै राजनीतिमा लाग्नुभएका नेम्बाङ भूमिगत कालदेखि नै कम्युनिष्ट पार्टीमा प्रवेश गर्नुभएको हो । नेकपा (एमाले)का तर्फबाट कानुन तथा न्याय मन्त्री हुनुभएका उहाँले संविधान सभा अध्यक्ष र सभामुखको जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ । उहाँकै नेतृत्वमा संविधानसभाबाट संविधान निर्माण भएको हो ।

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ४१ बजे