दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

भारतमा गाँजा तस्करी गर्न अनलाइन साइट अमेजनको प्रयोग

नयाँ दिल्ली – गाँजा तस्करीमा अनलाइन किनमेल वेबसाइट एअमेजन प्रयोग भएको भन्दै सो कम्पनीका भारतीय व्यापारीविरुद्ध लागुपदार्थ कारोबारको मुद्दा दायर भएको छ । २० केजी गाँजा तस्करी गरेको आरोपमा गत साता पक्राउ परेका अमेजनका दुई जना व्यापारीहरुलाई मध्यप्रदेश प्रहरीले मुद्दा दायर गरेको हो ।

प्रहरीले अमेजन इन्डियामा कार्यकारी निर्देशकमाथि लागुऔषधसम्बन्धी कानुनअन्तर्गत मुद्दा चलाएको हो । उनीहरुले स्टिभियाको पात भन्दै अमजेनमार्फत भाङ बेचेका थिए ।

यसैबीच, अमेजनले एक विज्ञप्ति जारी गर्दै गैरकानुनी बस्तु बेच्न राख्न नपाइने भन्दै त्यस्तो कार्यमा संलग्न व्यापारीलाई कडा कारबाही गर्ने चेतावनी दिएको छ । गैरकानुनी बस्तु बिक्री गरिएको विषयमा अनुसन्धान गरिएको पनि अमेजनले जनाएको छ ।

एजेन्सी

प्रकाशित मिति : ७ मंसिर २०७८, मंगलबार  ९ : ०० बजे