३६७ जना नयाँ कोरोना भाइरसका सङ्क्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घण्टामा ३६७ जना कोरोना भाइरसका सङ्क्रमित थपिएका छन् । नौ हजार ९२१ जनामा आरटीपीसीआर परीक्षण गरिएकोमा ३६७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी, दुई हजार ७७६ जनामा एन्टीजेन परीक्षण गरिएकोमा १८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नेपालमा कोरोना सङ्क्रमणमुक्त हुने दर ९७।७ प्रतिशत रहेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा २५८ जना कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसैगरी, सोही अवधिमा चार जना सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार पाँच सय पुगेको छ ।

यसैगरी देशमा हालसम्म सात हजार २६९ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ४ : ३२ बजे