‘एउटै नाउरको सिकार गर्न २३ लाख’

सोचौं, पार्टी एकताको विपक्षमा गए भोलि हामी जनतालाई के जवाफ दिन्छौ ?  (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको पक्षमा उभिन आह्वान गर्दै आफूले कसैलाई पनि काखा पाखा नगर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

उहाँले आज प्रेस वक्तव्य जारी गर्दै भ्रम फैलाइएजस्तो र हल्ला चलाइएको जस्तो पार्टीबाट कसैलाई काखापाखा र पक्षपात गर्ने कुनैपनि कार्य नहुने बताउनुभएको छ । उहाँले कतिपय व्यक्तिमा वैयक्तिक स्वार्थ,अहंकार,असन्तुष्टि र इश्र्या रहेको भन्दै पार्टीलाई उनीहरुको स्वार्थपूर्तिको माध्यम र त्यसको शिकार बनाउन नहुने धारणा राख्नुभएको हो ।

प्रधानमन्त्री ओलीले वक्तव्यमा भन्नुभएको छ– आफ्नो पार्टीलाई फुटाउन, ढाल्न, पराजित गर्न र विरोधीहरुका स्वार्थलाई मलजल गर्न कतै फ्लोसक्रस गर्ने, कतै अविश्वास प्रस्ताव राख्ने र कतै केही नलागे सामूहिक राजीनामा गरी÷गराई आफ्नो राजनीतिक जीवन नै समाप्त पारेर भए पनि पार्टीलाई पछारी छाड्नेजस्ता हानिकारक प्रयास भएका छन् । 

ओलीले कुनै पनि तहमा पार्टीका सरकारलाई ढालिछाड्ने र विरोधीहरुको दिग्विजय गराएर उत्सव मनाउनेजस्ता घातक र दुःखद् प्रवृत्तिहरु पनि देखा परेको बताउनुभएको छ । उहाँले यस्ता क्रियाकलाप गर्नेलाई इतिहासले माफ नगर्ने भन्दै त्यस्ता कर्ममा जानी नजानी कुनै पनि हिसाबले संलग्न नहुन आग्रह गर्नुभएको छ । यस्ता गतिविधि गर्नेलाई भोलि इतिहासले माफी गर्ला भन्दै प्रश्न गर्नुभएको छ । भोलि जनतालाई हामी के जवाफ दिन्छौ भन्दै सम्पूर्ण पार्टी पंक्तिलाई एक हुन आग्रह गर्नुभएको छ ।

 

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ५ : ४१ बजे