दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

अष्ट्रेलियाले हटायो विदेशी नागरिकमाथि लगाइएको यात्रा प्रतिबन्ध

एजेन्सी । अस्ट्रेलियामा विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि लागू हुने गरी हटाइने भएको छ । विगत दुई वर्षदेखि कोभिड १९ को संक्रमणको कारण यात्रा प्रतिबन्ध लगाएको थियो । 

प्रतिबन्ध हटेसँगै दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो । 

नयाँ नियमअनुसार योग्य भिसाधारीलाई अब कुनै रोकतोक बिना अस्ट्रेलिया फर्किन पाउनेछन् । प्रतिबन्ध फुकुवासँगै दुई लाखभन्दा धेरै मानिसलाई राहत पुग्ने स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : ३७ बजे