बेटी पढाऊ बेटी बचाऊ अभियान देशभर लैजानुपर्छः राष्ट्रपति भण्डारी

जनकपुरधाम । राष्ट्रपति विद्यादेवी भण्डारीले ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको छ । महोत्तरीको मटिहानी नगरपालिकामा रंगशालाको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले प्रदेश २ को ‘बेटी पढाऊ बेटी बचाऊ’ अभियान देशभर लैजानुपर्ने बताउनुभएको हो ।

जनकपुरधाम, मटिहानीलगायत क्षेत्र धार्मिक महत्वका रहेका र यस क्षेत्रमै महिला हिंसा हुनु दुखद् रहेको उहाँको भनाइ थियो । त्यस्तै प्रदेश २ को नदी कटान र डुबान नियन्त्रण गर्नुपर्नेमा पनि उहाँको जोड थियो । सोही कार्यक्रममा प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले प्रदेशलाई अधिकार दिने कानुन निर्माणमा संघीय सरकारले उदासिनता देखाएको भन्दै राष्ट्रपतिको ध्यानाकर्षण गराउनुभयो । 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  २ : १९ बजे