अनेमसंघ प्रचार बिभागद्धारा महाधिवेशन स्थलको अबलोकन तथा अन्तरक्रिया

चितवन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को १०औं राष्ट्रिय महाधिवेशन तयारीका बारेमा अखिल  नेपाल महिला संघको केन्द्रिय प्रचार बिभागले हिजो महाधिवेशन स्थलको अवलोकन तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । अनेमसंघ केन्द्रिय सदस्य तथा बाग्मती प्रदेश सचिव सरस्वती बस्नेत प्रचार बिभाग प्रमुख सर्मिला कार्कीले चितवन अनेमसंघ जिल्ला शाखाका नेता एवं पार्टी अध्यक्ष पार्वती रावल प्रचार उपसमिति प्रमुख बिजय  सुवेदी लगायतसंग छलफल गर्नुभयो ।  छलफलमा अनेमसंघ केन्द्र र जिल्ला शाखाले गेट ब्यानर लगायतका प्रचार सामाग्री राख्ने ठाउँको टुंगो गरयो । साथै बन्द सत्र हुने सौराहाको सेभेन स्टार होटल र नारायणी नदी किनारमा भइरहेको मन्चको तयारी अवलोकन गरेको थियो । 

​​​​​​​

 

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  १ : ०१ बजे