दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

चीनमा ४३ वर्षयताकै न्यून जन्मदर

बेइजिङ । चीनको जन्मदर ४३ वर्षयताकै न्यून देखिएको छ । सन् २०२० मा चीनको जन्मदर अघिल्लो वर्षको तुलनामा १ प्रतिशत घटेको त्यहाँको जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

ठुलो अर्थतन्त्र भएको चीनमा धेरै वर्षदेखि जन्मदर घटिरहेको छ, जुन उसका लागि चुनौती हुनसक्ने बताइएको छ ।

सन् २०२० मा चीनमा नवजात शिशुको जन्मदर १५ प्रतिशतले झरेको थियो । शिशुको जन्मदरमा आएको गिरावटलाई विश्वव्यापी रूपमा देखिएको कोभिड सङ्क्रमणसँग पनि जोडिएको छ ।

चीनमा सन् २०२० मा कूल १ करोड ३० हजार  जनाको  जन्म भएको थियो । सन् २०१९ मा यो सङ्ख्या १ करोड १० लाख ७९ हजार थियो । 

देशको जन्मदर वर्षौैंदेखि घटिरहेको छ । उमेरका कारण काम गर्ने जनसङ्ख्याको एउटा समूह सेवा निवृत्त भएसँगै जन्मदरमा देखिएको गिरावटले ठुलो अर्थतन्त्र भएको देश चीनमा दीर्घकालीन असर पार्ने विज्ञहरू बताउँछन् ।

घट्दो जन्मदर रहे पनि मृत्युदरसमेत न्यून हुँदा  चीनको जनसङ्ख्या सन् २०१९ मा १.३९ अर्बबाट बढेर १.४ अर्ब पुगेको थियो ।

सन् १९७९ मा चीनले एउटा मात्र सन्तान जन्माउन पाउने पाउने नीति ल्याएको थियो। सन् २०१५ मा सरकारले एक सन्तान नीतिको अन्त्य गरेर दुई सन्तान जन्माउने अनुमति दिएको थियो। तर, त्यो परिवर्तनले देशको घट्दो जन्मदर अन्त्य गर्न सहयोग नगरेको विज्ञहरू बताउँछन् । एजेन्सी

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ९ : १४ बजे