यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

महाधिवेशन प्रतिनिधि मनोनयन गर्न एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । १०औँ महाधिवेशनको पूर्व सन्ध्यामा नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्ने भएको छ ।

तुलसीलाल स्मृति प्रतिष्ठान च्यासलमा आज अपराह्न ३:०० बजे बस्ने बैठकमा महाधिवेशन तयारीको समीक्षा र विधान अनुसार ५ प्रतिशत महाधिवेशन प्रतिनिधि मनोनयनबारे छलफल हुने केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

एमालेको १०औँ महाधिवेशनमा कुल प्रतिनिधिको ५ प्रतिशत केन्द्रीय कमिटीले मनोनयन गर्ने व्यवस्था छ । स्थायी कमिटीले विभिन्न क्षेत्रबाट छुटेका व्यक्तिहरूको मनोनयनको सूची केन्द्रीय कमिटीमा पेस गर्नेछ ।

एमालेको १०औँ महाधिवेशन मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ  ।

 

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ८ : ४५ बजे