यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

काँग्रेसको १४ औँ महाधिवेशन  : आज ६० जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन हुँदै

काठमाडौँ । नेपाली काँग्रेसको ६० जिल्लामा प्रतिनिधिसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन आज हुने भएको छ । 

केन्द्रीय निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवका अनुसार ६० जिल्लाका १ सय ४८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा अधिवेशन सुरु हुन लागेको हो । 

काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत वडा, पालिका र प्रदेशसभा निर्वाचन क्षेत्रको क्षेत्रीय अधिवेशन सम्पन्न गरिसकेको छ ।  १४ हिमाली जिल्लामा प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन पनि सम्पन्न भइसकेको छ ।

क्षेत्रीय अधिवेशनमा वडा अधिवेशनबाट चुनिएका क्षेत्रीय प्रतिनिधिले नेतृत्वका लागि मतदान गर्ने छन् । 

काँग्रेसको १४ औँ महाधिवेशन मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुने कार्य तालिका छ।

प्रकाशित मिति : ६ मंसिर २०७८, सोमबार  ७ : ३४ बजे