साफ यू–१७ च्याम्पियनसिप आजदेखि

गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्रको विकास भएन : अध्यक्ष ओली 

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले खेलाडीले खेलमा भन्दा बढी बाँच्नका लागि गाँसको खोजीमा बढी ध्यान दिनुपर्दा खेल क्षेत्र विकास हुन नसकेको बताउनु भएको छ । 

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले ' आफ्नो क्षेत्रमा भन्दा बढी गाँस र बासको व्यवस्थामा बढी ध्यान दिनुपर्ने बाध्यात्मक अवस्थाले खेल क्षेत्रको विकास हुन नसकेको' बताउनु भएको हो । 

‘कागको जस्तै नेपालीको बिहान उठेदेखि नै गाँस र बासको व्यवस्था ध्यान दिनुपर्ने अवस्था छ’,उहाँले भन्नुभयो , ‘जसले गर्दा आफ्नो क्षेत्रमा बढी समय दिन नसक्दा खेल क्षेत्र पनि विकास हुन नसकेको हो ।’ 

आफ्नो क्षेत्रमा बढी लगाव, अभ्यास र अध्ययनबिना प्रगति हुन नसक्ने भन्दै उहाँले खेल क्षेत्रको विकासका लागि खेलाडीको गाँस र बासको चिन्ता लिनपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभएको छ । 

हरेक मौसममा सबै खेल खेल्न र अभ्यास गर्ने नेपालको भौगोलिक वातावरण रहेको भन्दै अध्यक्ष ओलीले विद्यालय तहबाट पाठ्यक्रममा खेललाई समेटिनुपर्नेमा जोड दिनु भयो । 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ५ : ४० बजे