साफ यू–१७ च्याम्पियनसिप आजदेखि

बिग्रेको देशलाई बनाउन खेल क्षेत्रले सहयाेग गर्छ : अध्यक्ष ओली 

काठमाडौं – नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले खेल क्षेत्रले बिग्रेको देशलाई बनाउन सहयोग गर्ने बताउनुभएको छ । 

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले खेलले मानव शरीरलाई स्वस्थ बनाउन मद्दत गरेजस्तै बिग्रेको देशलाई पनि खेल क्षेत्र सुधार्ने र बनाउने काम गर्ने बताउनु भएको हो । 

‘फिजियोथेरापीले नचलेको हात चलाउँदो रैछ, नचलेको हात चलाउँदो रैछ, दुखेको ढाडलाई निको बनाउँदो रैछ’, उहाँले भन्नुभयो, ‘खेलले बिग्रेको देशलाई पनि बनाउँछ । विवाद भएको देश आफ्नो खेलाडी टिमलाई पठाउने गरेको छ ।’ 

मस्तिष्कमा पर्याप्त अक्सिजन नपुगे ऐँठन हुने भन्दै उहाँले शरीरका अंगमा पर्याप्त अक्सिजन पुर्‍याउन खेल र व्यायामले सहयोग गर्ने बताउनु भयो । 

यसर्थ खेल मानव स्वास्थ्यका लागि अतिआवश्यक रहेको उहाँको भनाइ छ । 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ४ : ५९ बजे