साफ यू–१७ च्याम्पियनसिप आजदेखि

मलाई डाक्टरले लड्न हुँदैन भनेका छन् : अध्यक्ष ओली

काठमाडौं – नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफू लड्न नहुने चिकित्सकले सुझाव दिएको बताउनु भएको छ । 

नेपाल खेलकुद महासंघले आइतबार गरेको ‘खेल नीति सम्मेलन’लाई सम्बोधन गर्दै ओलीले आफूलाई पनि खेलमा रुचि भएको भए पनि चिकित्सकले लड्न नहुने सुझाव दिएकाले खेल्न नसक्ने बताउनु भएको हो । 

दुई पटक मिर्र्गाैला प्रत्यारोप गराउनुभएको ओलीले भन्नुभयो, ‘म फुटबल खेल्थेँ, ब्याट मिन्टन पनि खेल्थेँ । अब ब्याट मिन्टन खेल्ने अवस्था रहेन जस्तो लाग्छ है । फेरि डाक्टरले लड्न पाइँदैन भन्या छ । ब्याट मिन्टन खेल्दा लडिन्छ कि जस्तो लाग्छ । फुटबलबाट ब्याट मिन्टन, अहिले टीटीतिर, पछि चेसतिर झर्न बेर लाउँदिनँ ।’

खेल मानव स्वास्थ्यका लागि रहेको भन्दै उहाँले हरेक उमेर समूहका लागि खेल आवश्यक रहेको बताउनु भयो । 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ४ : ४७ बजे