दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

राजनीतिक दलको उम्मेदवार र प्रतिनिधि बनेर काम गर्ने पत्रकारको सदस्यता खारेज गर्ने महासंघको चेतावनी

​​​​​​​काठमाडौं – नेपाल पत्रकार महासंघले राजनीतिक दल वा उसका भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी दिएको छ ।

नेपाल पत्रकार महासंघका महासचिव रोशन पुरीले आइतबार एक विज्ञप्ति जारी गर्दै महासंघको विधान विपरीत राजनीतिक दल वा उसका भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरिरहेका पत्रकारको सदस्यता खारेज गर्ने चेतावनी दिएका हुन् ।

विज्ञप्तिमा अनुसार‚ ‘राजनीतिक दलको प्रचार विभाग वा प्रेस हेर्ने गरी बनेका समितिहरूमा रहेका महासंघका सदस्यको हकमा बाहेक राजनीतिक दलको कार्यकारी भूमिकामा काम गरिरहेकाहरूको सदस्यता महासंघको विधानअनुसार मान्य नहुने भएकाले खारेज गरिनेछ’ भनी उल्लेख गरेको छ ।

यस्तै‚ महासंघको विधान २०६० (पाँचौँ संशोधन२०७६)ले ‘महासंघका केन्द्रीय समिति, प्रदेश समिति वा शाखा समितिका पदाधिकारी तथा सदस्यले सो पदमा बहाल रहेसम्म कुनै राजनीतिक दल वा भातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गर्न पाउने छैन’ भन्ने कुरा व्यवस्था गरेको विज्ञप्तिमा जनाइएको छ। राजनीतिक दल वा भ्रातृ संगठनको कुनै पनि तहको विभाग वा समितिमा रही काम गरेमा संगठन समितिको सिफारिसमा केन्द्रीय समितिले स्पष्टीकरण सोध्ने, निलम्बन गर्ने र सदस्यता खारेज गर्ने निर्णयसमेत गर्न सक्नेतर्फ ध्यान दिन महासंघ आग्रह गरेको छ।

विज्ञप्ति :

​​​​​​​

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  १२ : ५७ बजे