दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौ – पछिल्लो २४ घण्टामा ८ हजार ८५० जनामा कोरोना संक्रमण देखिएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर परिक्षणबाट ८७७७ र एन्टीजेन परिक्षणबाट ७३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या ३ लाख ९४ हजार ७ सय ४० पुगेको छ ।

हाल देशभर कुल सक्रिय संक्रमितहरुको संख्या ८८ हजार १६० जना रहेको छ ।

आज उपत्यकाको काठमाडौँ  जिल्लामा ३ हजार १६१ जना, ललितपुरमा ५३३ जना र भक्तपुरमा ५०४ जना संक्रमित थपिएका छन् ।

आज देशभरमा थप ८८ जना कोरोना संक्रमितको मृत्युको भएको छ ।  गत २४ घण्टामा ५२ जना संक्रमितको मृत्यु भएकोमा छ भने यसअघि  थप २६ जनाको मृत्यु भएको तथ्यांक प्राप्त भएको मन्त्रालय जनाएको छ ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  ४ : ४५ बजे