सुनको मूल्य प्रतितोला ९३ हजार ७०० मा कारोबार

काठमाडौँ । सुनचाँदी बजारमा साताको पहिलो कारोबार दिन आज छापावाल सुनको मूल्य प्रतितोला रु.९३ हजार ७०० तोकिएको छ । 

अघिल्लो दिन प्रतितोला रु.९४ हजार ४०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला रु.७०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु.९३ हजार २०० कायम भएको छ जसको मूल्य गत शुक्रवार प्रतितोला रु ९३ हजार ९०० तोकिएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु. १५ ले घटेर रु .एक हजार २६० तोकिएको महासङ्घले जनाएको छ । 

अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८४६ डलर आसपास कारोबार भइरहेको छ । 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ११ : ३८ बजे