यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रदेश २ मा मन्त्रिपरिषद् विस्तार, को–को बने मन्त्री ?

जनकपुरधाम । दुई मन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) प्रदेश २ सरकारमा सहभागी भएको छ । 

आइतबार बिहान प्रदेश प्रमुख हरिशंकर मिश्रले मुख्यमन्त्री लालबाबु राउतको सिफारिसमा नेकपा (एस) का संसदीय दलका नेता सत्रुधन महतो र सांसद प्रमोद यादवलाई मन्त्रीको रूपमा पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

महतोलाई उद्योग पर्यटन वन र यादवलाई कानुन न्याय तथा प्रदेश मामिला मन्त्रालयको जिम्मेवारी दिइएको छ । 

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री राउत, प्रदेश सरकारमा भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, आन्तरिक मामिला तथा सञ्चार मन्त्री भरत प्रसाद साहसहितको सहभागी हुनुहुन्थ्यो । 

योसँगै सङ्घीय सरकारको जस्तै प्रदेश २ सरकार पनि जनता समाजवादी पार्टी, काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एस) को गठबन्धन सरकार भएको छ ।  

 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ११ : ०१ बजे