दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ घाइते

तुलसीपुर । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन् । 

वडा प्रहरी कार्यालय लमहीका अनुसार सुर्खेतबाट काठमाडौँ जाँदै गरेको कर्णाली प्रदेश००–००१ख०२१९ नंको बस लमही नगरपालिका–३ नारायणपुरस्थित दुर्घटना हुँदा २९ जना यात्रु  घाइते भएका हुन् । उनीहरूको अवस्था मध्यम रहेको छ । 

आइतबार बिहान पौने २ बजेतिर बसको पट्टा भाँचिएर दुर्घटनामा परेको हो । 

घाइतेहरूको लमही अस्पतालमा उपचार भइरहेको छ भने सात जना घाइतेको थप उपचारका लागि कोहलपुर सिफारिस गरिएको प्रहरीले जनाएको छ । घाइतेहरूको नाम ठेगाना भने खुल्न बाँकी रहेको छ । 

बस चालक प्रहरीको नियन्त्रणमा रहेका छन् ।रासस 

प्रकाशित मिति : ५ मंसिर २०७८, आइतबार  ८ : ४१ बजे