यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

रुपन्देहीमा काँग्रेसको मतगणना स्थलमा दुई पक्षबीच झडप, पाँच जना घाइते

बुटवल । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र अधिवेशनको मतगणनाका क्रममा रुपन्देहीमा दुई पक्षबीच झडप भएको छ। झडपमा पाँच जना घाइते भएका छन्।

काँग्रेसको अधिवेशनअन्तर्गत रुपन्देही क्षेत्र नम्बर ३ (क)मा मतगणना क्रममा विवाद हुँदा झडप भएको हो।

सिद्धार्थनगर नगरपालिका भैरहवामा मतगणना भइरहेका बेला केही युवाले आक्रमण गर्दा एक उम्मेदवारसहित पाँच जना घाइते भएका हुन । 

मत परिणाम आउने क्रममा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका पुरण श्रेष्ठले अग्रता लिएपछि केही युवाको समूहले अचानक आक्रमण गरेको थियो।

झडपबाट क्षेत्रीय सचिवका उम्मेदवार शैलेश पन्त गम्भीर घाइते भएका छन्। उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । 

अन्य चार जना सामान्य घाइते भएका छन्।  उनीहरूको भैरहवास्थित भीम अस्पतालमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  १० : ५५ बजे