यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

 माओवादी केन्द्रले आज देशभर एकसाथ वडा अधिवेशन गर्दै

काठमाडौँ ।  नेकपा (माओवादी केन्द्र)ले आज देशभर एकसाथ पार्टीको वडा अधिवेशन गर्दैछ । 

माओवादी केन्द्रीय निर्वाचन आयोगका अनुसार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भर्चुअल माध्यमबाट आज बिहान ११ः०० बजे वडा अधिवेशनको उद्घाटन गर्नुहुनेछ ।

माओवादीको निर्वाचन आयोगले देशभरका ६ हजार ७ सय ४३ वडामा निर्वाचन समिति बनाएको छ । निर्वाचनका लागि आयोगले प्रत्येक वडामा तीन सदस्यीय निर्वाचन समिति खटाउने जानकारी दिएको छ ।

माओवादीले सदस्यता नवीकरण पनि टुङ्ग्याइसकेको छ ।  माओवादी केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष बिष्णुपुकार श्रेष्ठका अनुसार देशभरि पार्टी सदस्य करिब ८ लाख पुगेका छन् । 

माओवादीले ११ मङ्सिरमा पालिका र २५ मङ्सिरमा सातै प्रदेशमा अधिवेशन हुनेछ । 

आयोगले प्रदेशमा ७ सदस्यीय र पालिकामा ५ सदस्यीय निर्वाचन समिति गठन गर्दैछ । प्रदेशको सम्मेलनपछि आगामी पुस११ देखि १३ गतेसम्म पार्टीको राष्ट्रिय सम्मेलन हुनेछ ।

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ८ : ३५ बजे