एमाले महाधिवेशन : पाँचथरबाट आठ जना​​​​​​​ प्रतिनिधि चयन

काठमाडौँ । नेकपा (एमाले)को दशौँ राष्ट्रिय महाधिवेशनका लागि पाँचथरबाट आठ जना प्रतिनिधि चयन भएका छन् । 

१०–१२ मङ्सिरमा चितवनमा हुने महाधिवेशनका लागि एमाले पाँचथरबाट प्रतिनिधि छानिएका हुन् । 

खुलातर्फ राजकुमार भण्डारी, वसन्तकुमार नेम्वाङ, श्रीप्रसाद जवेगु, भुवनीप्रसाद लिङ्देन र धनकुमार फियाक चयन हुनुभएको छ । महिलातर्फ आशारत्न जवेगु र सीता आचार्य तथा दलिततर्फ नारायण खाती चयन हुनुभएको छ भएका छन् ।

 

 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : ५१ बजे