सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

बैङ्किङ कसुर मुद्दाका फरार लिम्बु पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले बैङ्किङ कसुरजन्य अपराधका फरार अभियुक्तलाई पक्राउ गरेको छ । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले बैङ्किङ कसुर मुद्दामा फरार ताप्लेजुङ फुङलिङ नगरपालिका–११ घर भई काठमाडौँको बुढानीलकण्ठ नगरपालिका–३ चपली बस्दै आएका ४६ वर्षीय आन्दीराम इजम लिम्बुलाई शुक्रवार पक्राउ गरेको हो । 

ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७६ मङ्सिर १० को फैसलापछि पाँच दिन कैद सजाय र बिगोबमोजिम रु ३० लाख जरिवाना हुने फैसला गरेपछि फरार लिम्बुलाई शुक्रवार  भक्तपुरको नयाँ ठिमीबाट पक्राउ गरिएको जानकारी दिनुभयो । 

पक्राउ परेका लिम्बुले आफ्नो सिद्धार्थ बैङ्क लिमिटेडको खातामा पर्याप्त मौज्दात नहुँदा नहुँदै विभिन्न व्यक्तिलाई झुकाउँदै चेक दिएर बैङ्किङ कसुरजन्य अपराध गरेका थिए । 

उच्च अदालतले उनलाई बैङ्किङ कसुर तथा सजाय ऐन, २०६४ अनुसार उक्त फैसला सुनाएको थियो । 

पक्राउ परेका लिम्बुलाई फैसला कार्यान्वयनका लागि आजै काठमाडौँ जिल्ला अदालतमा पेस गरिएको प्रवक्ता महतोले बताउनुभयो । 

प्रकाशित मिति : ४ मंसिर २०७८, शनिबार  ७ : २० बजे