थप २९६ जनामा कोरोना संक्रमण पुष्टि, ५ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ८ हजार ९७२ जनामा परिक्षण गर्दा २९६ जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप ३६९ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५३९ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप ५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४९४     पुगेको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ३ : ४० बजे