सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी पक्राउ

झापा – सरकारी छाप दस्तखत किर्ते मुद्दाका फरार प्रतिवादी झापा अर्जुनधारा नगरपालिका-५ बस्ने ६५ वर्षीय उदय पराजुलीलाई प्रहरीले पक्राउ गरेको छ ।

झापा जिल्ला अदालतको २०६० माघ २१ गतेको फैसलाले सरकारी छाप दस्तखत किर्ते मुद्दामा १ वर्ष कैद र ५० रुपैयाँ जरिवाना ठहर भइ फरार रहेका उनलाई सर्वोच्च अदालत निर्देशानालयद्धारा गठित फैसला कार्यान्वयन झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनको लागि झापा जिल्ला अदालत भद्रपुरमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय चन्द्रगढी पठाइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  २ : २५ बजे