दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

सीमा विवादबारे चीन र भारतबीच १४ औं चरणको वार्ता हुने

नयाँ दिल्ली – चीन र भारतका सुरक्षा अधिकारीबीच चाँडै १४औ चरणको वार्ता हुने भएको छ । दुबै देशका सुरक्षा अधिकारी सम्मिलित सल्लाह र संयोजनका लागि कार्य संयन्त्र (डब्लुएमसीसी) को बिहीबारको भर्चुअल बैठकपछि पूर्वी लद्दाखमा तनाब अन्त्य गर्न अर्को बैठक बस्ने सहमति भएको हो । 

‘पूर्वी लद्दाखमा देखिएको सीमा समस्या समाधान गर्न भारत र चीनका वरिष्ठ कमान्डरहरुबीच चाँडै १४औं चरणको वार्ता हुनेछ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा भनिएको छ ।  सीमा क्षेत्रमा उत्तेजक गतिविधि नगर्न पनि दुवै देश सहमत भएको विज्ञप्तिमा जनाइएको छ । 

बिहीबार सम्पन्न बैठकमा दुबै पक्षले १० अक्टोबरमा कमान्डर तहमा भएको सीमा बैठकपछि विकसित घटनाक्रमको समीक्षा गरेका थिए ।

प्याङगोङ तालनजिक दुबै देशका सेनाको आमने सामनेपछि गत वर्षको मे महिनामा लद्दाखनजिक चीन र भारतका सेनाबीच दोहोरो झडप भएको थियो । 

यसैबीच, सीमा विवाद बढिरहेका बेला चीनले भुटानी भूमिमा एउटा बस्ती बसालेको विवरण सार्वजनिक भएको छ । चीनको सैन्य विकासम्बन्धी एक विज्ञले सार्वजनिक गरेको स्याटलाइट तस्विरमा चीनले भारत र भुटानको सिमानजिकै १०० वर्ग किलो मिटर क्षेत्रमा नयाँ घरहरु बनाएको देखिएको हो । 

सो क्षेत्र सन् २०१७ मा चीन र भारतीय सेना आमने सामने भएको क्षेत्र दोक्लामनजिक पर्छ । 

एजेन्सी

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  ११ : ५४ बजे