‘एउटै नाउरको सिकार गर्न २३ लाख’

जसपाले भन्यो, माधव समूहले सामूहिक राजीनामा दिए हामी तटस्थ बस्छौ

काठमाडौं । जनता समाजवादी पार्टीका नेताहरुले प्रधानमन्त्रीसँग विश्वासको मत दिन  सकिने वातावरण नबनेको बताएका छन् । जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोले आज प्रधानमन्त्रीलाई भेटदै सत्तारूढ नेकपा एमालेका माधवकुमार नेपाल समूहले सामूहिक राजीनामा दिए जसपा तटस्थ बस्ने निष्कर्ष निकालिएको प्रष्ट पारेका हुन ।

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले २७ गते आव्हान गरिएको विशेष अधिवेशनमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई विश्वासको मत नदिने र अविश्वासको प्रस्ताव पनि नसार्ने सङ्केत गरेसँगै आफूहरु पनि तटस्थ बस्ने निर्णय गरेको जसपा निकट एक नेताले बताए । एमाले एक ढिक्का भएन भने अर्को गठबन्धन नबन्ने समभावना बढेकाले जसपाले हाल तटस्थ बस्ने निर्णय गरेको उनीहरुको भनाइ थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १ : ३८ बजे