दलित गाउँका पहिलो शिक्षक

आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

ट्र्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु

धनुषा ।  ट्र्याक्टर दुर्घटना हुँदा यहाँ दुईको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । 

जिल्ला प्रहरी कार्यालयका अनुसार गए राति विदेह नगरपालिका–७ बेलापट्टी सडक खण्डमा नम्बर नपरेको (अनटेष्ट) ट्र्याक्टर पल्टिएको हो । 

सो दुर्घटनामा परी भारतको विहार राज्य सितामढीका ६० वर्षीय रामदयाल राय यादव र ४५ वर्षीया अम्बिका देवीको मृत्यु भएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक जितेन्द्रकुमार बस्नेतका अनुसार भारतबाट कमलाको मेला हेर्न आइरहेको ट्र्याक्टर ओभरटेक गर्ने क्रममा दुर्घटनामा परेको हो । 

उनीहरू धनुषा र सिराहाको सीमामा पर्ने कमला खोलाको भूत मेला हेर्न तथा स्नानका लागि आउँदै थिए । घाइतेहरूको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ । उनीहरू सबै भारतीय छन् । 

उनीहरूमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । रासस 

प्रकाशित मिति : ३ मंसिर २०७८, शुक्रबार  १० : ३२ बजे