सरकारले ६० मिलियन डलर ऋण लिदैं

काठमाडौं – सरकारले विद्युत मर्मत र प्रसारण क्षमताको विस्तारका लागि भन्दै वर्ल्ड बैंकको ६० मिलियन डलर ऋण स्वीकृत गर्ने निर्णय गरेको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । यस्तै मठमन्दिरमा हुने पशु बधलाई न्युनिकरण गर्न समिति बनाएर सल्लाह लिने निर्णयसमेत सरकारले गरेको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ९ : ४३ बजे