दुर्गा प्रसाईं पक्राउ

सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

संबैधानिक आयोगका रिक्त पदहरुमा नियुक्तिका लागि सिफारिश

काठमाडौं । संबैधानिक परिषदको आज बसेको बैठकले लोकसेवा आयोग लगायत संबैधानिक आयोगहरुमा रिक्त पदहरुमा विभिन्न व्यक्तिहरुको नियुक्तिका लागि सिफारिश गर्ने निर्णय गरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज विहान बसेको परिषदको बैठकले संबैधानिक आयोगका रिक्त पदहरुमा नियुक्तिका लागि सिफारिश गर्ने निर्णय भएको परिषदका सदस्य एवं राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिम्लिसिनाले बताउनुभयो।

परिषदको बैठकमा प्रधानन्यायाधिश चोलेन्द्र शमसेर जबरा र राष्ट्रियसभाका अध्यक्ष तिम्लिसिना उपस्थित हुनुहुन्थ्यो भने प्रमुख प्रतिपक्षी दलका नेता एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र सभामुख अग्निप्रसाद सापकोटा उपस्थित हुनु भएन ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १ : २१ बजे