सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सुदूरपश्चिमको बजेट बहुमतले पारित

डाँका मुद्दाको फरार प्रतिवादी पक्राउ

मोरङ – डाँका मुद्दाका फरार प्रतिवादी बेलबारी नगरपालिका-७ बस्ने ५६ वर्षीय टंक नारायण चौधरीलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला अदालत मोरङको २०७३ चैत ७ गतेको फैसलाले डाँका मुद्दामा ६ वर्ष कैद र ७४ हजार ५ सय ५० रुपैयाँ सजाय ठहर भई फरार रहेका उनलाई ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

उनलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत मोरङ पठाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  २ : ५८ बजे