यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न एमालेको नेतृत्व अपरिहार्य छ 

यो मुलुकको देशभक्त, प्रगतिशील, अग्रगामी तथा क्रान्तिकारी शक्ति हुनुको नाताले आज नेकपा एमालेमाथि यथास्थितिवादी, दक्षिणपन्थी तथा फुटपरस्त अवसरवादीहरूले चौतर्फी हमला गरिरहेका छन् । त्यसमा नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन कतिपय बाह्य शक्तिहरू पनि लागिरहेको कुरा हाम्रा सामु स्पष्ट छ ।  ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न फेरि पनि यो देशमा नेकपा एमालेको नेतृत्व अपरिहार्य छ । पार्टीका सामु रहेका चुनौतीलाई परास्त गर्दै इतिहासले सुम्पिएका राष्ट्रिय कार्यभारलाई पुरा गर्न नेकपा एमालेको सुदृढ एकता पहिलो र अनिवार्य शर्त हो । 

यही मंसिर १० देखि–१२ गतेसम्म चितवनमा हुन गइरहेको नेकपा (एमाले) को दशौं राष्ट्रिय महाधिवेशनलाई केन्द्रित गरेर प्रचार समितिको तर्फबाट आजदेखि ई–नवयुग समाचार बुलेटिनको प्रकाशन थालनी गरिएको छ । यो बुलेटिन आजदेखि महाधिवेशन अवधिभर प्रकाशित हुनेछ । महाधिवेशन केन्द्रित गतिविधिका समाचार तथा पार्टीको नीति, विचार तथा कार्यदिशाकाबारेमा वैचारिक पक्षलाई समेत यस बुलेटिनमा समावेश गरिनेछ । यसबाट महाधिवेशनबारे जानकारी लिन पार्र्टीका सबै नेता, कार्यकर्ता, सदस्य तथा शुभेच्छुक एमालेप्रति चासो राख्ने सबैलाई सहज पहुँच हुनेछ भने सञ्चार क्षेत्रले समाचार स्रोतका रुपमा यो बुलेटिनलाई उपयोग गर्न पाउने छन् ।

गत असोज १५ देखि १७ सम्म काठमाडौंमा सम्पन्न भएको नेकपा (एमाले) को विधान महाधिवेशनबाट पार्टीको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान पारित भएको छ । महाधिवेशनको मुख्य काम मध्येको एक वैचारिक दस्तावेज माथि छलफल र पारित गर्ने काम विधान महाधिवेशनमार्फत् सम्पन्न भएको सन्दर्भमा एमालेको भावी कार्यादेशका बारेमा आज आमरुपमा समझदारी कायम भएको छ । नेपाली समाजको संरचनामा आएको परिवर्तन तथा राजनीतिक क्रान्तिबाट आएको परिवर्तनसँगै हाम्रो कार्यदिशा तथा कार्यभार पनि नयाँ उचाईमा विकास भएको छ ।

जनताको बहुदलीय जनवादलाई सुदृढ गर्दै समाजवादको दिशामा अघि बढ्नु नेपाली क्रान्तिको कार्यदिशा हो भन्ने कुरालाई विधान महाधिवेशनबाट पारित राजनीतिक प्रतिवेदनले स्पष्ट गरेको छ । संगठनात्मक क्षेत्रमा देखापरेका अराजकता तथा दक्षिणपन्थी अवसरवादकाविरुद्ध निर्णायक विजय प्राप्त गरी जनताको बहुदलीय जनवाद (जबज) को मार्गदर्शनमा समाजवादको आधार निर्माण गर्नु, पार्टीलाई वैचारिक तथा संगठनात्मक रुपमा थप एकतावद्ध बनाउनु आसन्न महाधिवेशनको संकल्प बन्दछ । तसर्थ पार्टीले महाधिवेशनको मुल नारा पनि यही मर्मलाई प्रतिनिधित्व गर्नेगरी दक्षिणपन्थी अवसरवाद र संगठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं मुल नारा तय गरेको छ ।

यो मुलुकको देशभक्त, प्रगतिशील, अग्रगामी तथा क्रान्तिकारी शक्ति हुनुको नाताले आज नेकपा एमालेमाथि यथास्थितिवादी, दक्षिणपन्थी तथा फुटपरस्त अवसरवादीहरूले चौतर्फी हमला गरिरहेका छन् । त्यसमा नेपालको कम्युनिष्ट आन्दोलनलाई कमजोर बनाउन कतिपय बाह्य शक्तिहरू पनि लागिरहेको कुरा हाम्रा सामु स्पष्ट छ । ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पुरा गर्न फेरि पनि यो देशमा नेकपा एमालेको नेतृत्व अपरिहार्य छ । पार्टीका सामु रहेका चुनौतीलाई परास्त गर्दै इतिहासले सुम्पिएका राष्ट्रिय कार्यभारलाई पुरा गर्न नेकपा एमालेको सुदृढ एकता पहिलो र अनिवार्य शर्त हो ।

महाधिवेशनको प्रतिनिधि छनौटका क्रममा आम पार्टी सदस्यहरूले देखाउनुभएको समझदारी यसको सुखद संकेत हो । हामी पार्टीका सम्पुर्ण सदस्य कमरेडहरूप्रति यस कार्यका लागि हार्दिक धन्यवाद ज्ञापन गर्दछौं । अव अझ उन्नतस्तरको एकता निर्माणको काम नेतृत्वको काँधमा आएको छ । नेकपा एमालेका लागि एकता, एकता र अझ उन्नत स्तरको एकता मार्फत् पार्टीव्यापी रुपमा कमरेडली सम्बन्धलाई कसिलो बनाउनु बाहेक अर्को विकल्प छैन । आउनुहोस् हामी सबैका प्रयत्नबाट यो महाधिवेशनलाई पुनःजागरणका रुपमा रुपान्तरण गरौं ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १ : २२ बजे