आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

प्रधानन्यायाधीशले बोलाउनुभयो फुलकोर्ट, असन्तुष्ट न्यायाधीश पनि सहभागी हुने 

 

काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सर्वोच्च अदालतका न्यायाधीशहरूको पूर्ण बैठक (फुलकोर्ट) बोलाउनुभएको छ । 

सर्वोच्च अदालतका न्यायाधीश तेजबहादुर केसीका अनुसार दिउँसो साढे १ बजेका लागि बैठकको समय तय भएको छ । बैठकमा गोला प्रथाद्वारा मुद्दा हेर्ने प्रयोजनका लागि आवश्यक पर्ने निर्देशिका पारित गर्ने कार्यसूची छ । 

यसअघि,  प्रधानन्यायाधीश जबराले बोलाएको फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि सो बैठकमा सहभागी हुने भएका छन् । 

प्रधानन्यायाधीशले गोला प्रथा लागु गर्नका लागि आवश्यक नियम संशोधन प्रयोजनका लागि बैठक बोलाएको भन्दै फुलकोर्ट बहिष्कार गरेर बसेका असन्तुष्ट १८ जना न्यायाधीश पनि बैठकमा सहभागी हुन लागेका हुन  । 

नेपाल बारले भने जबराले राजीनामा नदिएसम्म इजलासमा बहस गर्न नजाने निर्णय गरिसकेको छ । 

 

 

 

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  १२ : १० बजे