सुनको मूल्य प्रतितोला २०० ले बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु. २०० ले बढेर रु ९४ हजार ५०० कायम भएको छ । 

पहेँलो धातु बुधवार प्रतितोला रु. ९४ हजार ३०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु .९४ हजार तोकिएको छ । बुधवार प्रतितोला रु. ९३ हजार ८०० मा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलना स्थिर रहेको महासङ्घले जनाएको छ । बुधवार चाँदी प्रतितोला रु .एक हजार २८० मा कारोबार भएको थियो । 

महासङ्घले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीका मूल्यको उतारचढावका आधारमा यहाँ दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ ।

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ११ : ५७ बजे