आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

सडक सफाइ गर्ने क्रममा डोजर पल्टिँदा चालकको मृत्यु

देउखुरी । बङ्गलाचुली गाउँपालिकामा बाटो बनाउँदै गर्दा आज बिहान करिब ४ः०० बजेतिर डोजर पल्टिँदा चालकको मृत्यु भएको छ । 

गाउँपालिकाका अध्यक्ष भक्तबहादुर ओलीका अनुसार रा१क ९१४ नम्बरको डोजर पल्टिँदा घोराही उपमहानगरपालिका–१० बुधौरा निवासी २२ वर्षीय सुनिलकुमार विकको मृत्यु भएको छ । 

सोही क्रममा सहचालक बर्दियाको गुलरिया नगरपालिका–१ निवासी २३ वर्षीय राजकुमार चौधरी सामान्य घाइते भएको उहाँले जानकारी दिनुभयो । 

बङ्गलाचुलीको मुकुटीदेखि भ्यु टावर जोड्ने सडक सफाइ गर्ने क्रममा डोजर पल्टिएको थियो । रासस 

 

प्रकाशित मिति : २ मंसिर २०७८, बिहिबार  ८ : ११ बजे