एमालेको सचिवालय बैठक सुरु

थप ४१२ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट ११  हजार ९९३ जनामा परिक्षण गर्दा ४१२  जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २०२ जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ६३६  जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४८३    पुगेको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : १३ बजे