सभापतिमा उम्मेदवारी दिने शशांक कोइरालाकाे घाेषणा

संखुवासभा । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले १४औं महाधिवेशनमा सभापतिमा उम्मेदवारी दिने घाोषणा गर्नुभएको छ ।

संखुवासभाको तुम्लिङटार विमानस्थलमा बुधबार पत्रकारसँग संक्षित कुराकानी गर्दैै कोइरालाले सभापति पदमा उठ्ने घोषणा गर्नसभएको हो । 

पार्टी सभापति पदका लागि आफू बलियो उम्मेदवार भएको उहाँले दाबी गर्नुभयो । औपचारिक रूपमा सभापति पदको उम्मेदवारीे चाँडै घोषणा गर्ने उहाँले बताउनुभयो ।

अहिलेको पाँचदलीय गठबन्धन चुनावअघिसम्म मात्रै रहने कोइरालाले बताउनुभयो  । आगामी चुनावमा कुनै पार्टीसँग कांग्रेसको तालमेल नहुने उहाँको भनाइ थियो । आगामी चुनावमा अन्य पार्टीसँग गठबन्धन गर्ने विषयमा कांग्रेसले सहमति नगरेको उहाँले बताउनुभयो । कांग्रेसले सत्ता गठबन्धनका लागि मात्रै सहकार्य गरेको कोइरालाको दाबी छ ।

कोइरालाले आगामी निर्वाचनमा  कांग्रेसले एक्लै चुनाव लड्ने बताउनुभयो । 

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ५ : १२ बजे