यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

पहिलो विद्युतीय राहदानी सत्यमोहन जोशीलाई

काठमाडौं । सरकारले पहिलो ई पासपोर्ट (विद्युतीय राहदानी) शताब्दी पुरुष सत्यमोहन जोशीलाई प्रदान गरेको छ । बुधबार त्रिपुरेश्वरस्थित राहदानी विभागमा आयोजित कार्यक्रममा परराष्ट्र मन्त्री डा.नारायण खड्काले शताब्दीपुरुष जोशीलाई ई पासपोर्ट प्रदान गर्नुभयो ।

सरकारले मेसिन रिडेबल पासपोर्ट लाई विस्थापित गर्ने गरी ल्याएको ई पासपोर्ट बनाउन बुधबारदेखि नै अनलाइन बुकिङको व्यवस्था गरेको राहदानी विभागका महानिर्देशक डोरनाथ अर्यालले जानकारी दिनुभयो ।  सरकारले ई पासपोर्टको अनलाइन बुकिङका लागि लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएको छ ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ३ : ४० बजे