यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

नयाँ नेतृत्व चयनका लागि प्यानल बन्दैन : महासचिव पोखरेल

काठमाडौं – नेकपा (एमाले) का महासचिव ईश्वर पोखरेलले १०औं राष्ट्रिय महाधिवेशनमा नेतृत्व चयनका लागि प्यानल नबनाउने र सूची पनि नबाँड्ने बताउनुभएको छ ।

महाधिवेशनमा जनपरिचालनबारे बुधबार वागमती प्रदेश कमिटीले आयोजना गरेको कार्यक्रममा पोखरेलले सहमतिमै नेतृत्व चयन हुने बताउनुभएको हो ।

महासचिव पोखरेल भन्नुहुन्छ, ‘हाम्रोमा प्यानल बन्दैन, प्यानलको सूची बाँड्दैनौं । हामीलाई व्यक्तिगत रूपमा साथीहरूले मत दिनुहुन्छ ।’

पोखरेलले देशको राजनीति अहिले दुई ध्रुवमा ध्रुवीकृत भएको भन्दै एउटा ध्रुवको नेतृत्व केपी ओलीले गरेको बताउनुभयो । अर्को ध्रुवको नेतृत्व सत्ता गठबन्धनले गरेको भन्दै उहाँले उक्त गठबन्धन विचार र सिद्धान्तहीन भएको अरोप लगाउनुभयो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  २ : ३९ बजे