‘एउटै नाउरको सिकार गर्न २३ लाख’

संवैधानिक परिषदको बैठक बालुवाटारमा शुरु

काठमाडौं । संवैधानिक परिषदको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा शुरु भएको छ । विभिन्न संवैधानिक निकायमा रिक्त पद हरुमा नियुक्तिका लागि अहिले विहान १० बजेबाट बालुवाटारमा बैठक बसिरहेको हो । बैठकमा प्रधानन्यायधीश चोलेन्द्र शम्सेर जबरा, राष्ट्रियसभाका अध्यक्ष गणेश तिम्सिना सहभागि छन् । संवैधानिक व्यवस्थाअनुसार संवैधानिक परिषद्मा प्रधानमन्त्रीको अध्यक्षतामा प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रमुख विपक्षी दलको नेता र प्रधानन्यायाधीश सदस्य रहने व्यवस्था छ। बैठकमा सभामुख अग्नि प्रसाद सापकोटा, र विपक्षी दलका नेता शेरवहादुर देउवाको भने उपस्थिती छैन । 

बहुमत सदस्यको उपस्थितिमा बैठक बस्न र निर्णय गर्न सक्ने अध्यादेश जारी भइसकेको छ । उक्त अध्यादेशअनुसार ३ जना मात्रै सदस्यलाई गणपूरक मानिने गरी संविधान संशोधन गर्ने प्रयास गरिएको छ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतबार  १० : ३३ बजे