यात्रुसहितकाे बस हरायाे

आज दिउँसो सर्वदलीय बैठक बस्ने

प्रधानन्यायाधीशको राजीनामा माग्दै आजपनि कानुन व्यवसायीको धर्ना

काठमाडौँ – प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग्दै नेपाल बार एसोसिएसनले बुधबार पनि धर्ना कार्यक्रमलाई जारी राखेको छ ।

बारको धर्ना भइरहँदा प्रधानन्यायाधीश राणाले बुधबारका लागि १० इजलास गठन गरेका छन् । १० इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ ।
राणाको राजीनामालाई बटम लाइन बनाएर बार र सर्वोच्च अदालतकै न्यायाधीशहरूले इजलास बहिस्कार गरिरहेका छन् ।

संवाद र वार्ताबाट समाधान खोज्न राणाले गरेको आग्रहलाई न्यायाधीश र बारले अस्वीकार गर्दै राणाकै राजीनामा नै समस्या समाधानको बाटो रहेको बताउँदै आएका छन् ।

कार्यपालिकासँग मिलेर राजनीति भागबण्डा खोजेकोलगायतका आरोप लगाएर राणाको राजीनामा मागिएको हो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ११ : ०८ बजे