बाढीको स्थितिमा सुधार

प्रदेश १ का मुख्यमन्त्री राईले आज विश्वासको मत लिँदै

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले आज विश्वासको मत लिँदै हुनुहुन्छ । राईले मङ्गलवार विश्वासको मत लिने भनिए पनि प्रमुख प्रतिपक्षी एमालेका सांसद अनुपस्थित भएपछि प्रदेशसभा बैठक स्थगित भएको थियो ।

पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोध गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आह्वान गरेको नेपाल बन्दको प्रभावले देखाउँदै सांसद आउन नसक्ने भनेर एमालेका सांसदले मङ्गलवारको बैठक रोक्न माग गर्दै निवेदन दिएका थिए ।

आज साढे ११ बजे प्रदेशसभा बैठक बस्दै छ । एमाले प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले आजको बैठकमा एमालेको सहभागिता हुने बताउनुभयो ।

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ९ : ४६ बजे