आँधीघाटमा पक्की पुल अन्तिम चरणमा

गण्डकीमा कर्मचारी सूचना प्रणाली लागू

गण्डकी । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले कर्मचारीको सरुवा–बढुवामा एकरूपता आउने लक्ष्यका साथ कर्मचारी सूचना प्रणाली सुरु गरिएको बताउनुभएको छ ।

गण्डकी प्रदेश सरकारले लागू गरेको कर्मचारी सूचना प्रणालीको मङ्गलवार शुभारम्भ गर्दै उहाँले सूचना प्रणाली लागू भएसँगै प्रदेशअन्तर्गतका प्रत्येक कर्मचारीको व्यक्तिगत वितरण तयार गरिने जानकारी दिनुभयो । 

प्रदेश स्तरमा रहेका सबै कर्मचारीको यथार्थ विवरण राख्न यो प्रणाली लागू गरिएको प्रदेश प्रमुख सचिव डा.दामोदर रेग्मीले जानकारी दिनुभयो ।

उक्त प्रणालीमा कर्मचारीको पद विवरण, तह विवरण, सेवा, समूह, जिल्ला मात्र नभएर सरुवा पत्र र टिप्पणी पत्रको ढाँचासमेत उल्लेख गरिएको उहाँको भनाइ छ । 

“गण्डकी प्रदेशमा करिब तीन हजार कर्मचारीको दरबन्दीमध्ये दुई हजार मात्र पूर्ति भएको छ”, रेग्मीले भन्नुभयो, “कर्मचारीको सरुवा, बढुवा मात्र नभई कारबाही र पुरस्कारका लागि पनि यो प्रणाली सहयोगसिद्ध हुन्छ ।” मुलुकका सात प्रदेशमध्ये गण्डकीमा यो प्रणाली पहिलो पटक लागू भएको हो । रासस

प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार  ८ : १९ बजे