काठमाडौँ । हाल नेपालमा कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भू–भागमा आज बिहान आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, बागमती र गण्डकीका भू–भागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।
राती पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ ।
आगामी तीन दिनको मौसम पूर्वानुमान
२०७८ मङ्सिर ०१ गते (बुधवार)
दिउँसो : प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागहरूमा मौसम सामान्यतया सफा रहने छ।
राती : देशको पहाडी भू(भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।
२०७८ मङ्सिर ०२ गते (बिहीबार)
दिउँसो : देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।
राती : देशको पहाडी भू–भागहरूमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ।
२०७८ मङ्सिर ०३ गते(शुक्रवार)
दिउँसो : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भू–भागहरू सहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू–भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ । उ
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
राती : सुदूरपश्चिम, कर्णाली, लुम्बिनी तथा गण्डकी प्रदेशका भूभागहरूसहित बाग्मती प्रदेश तथा प्रदेश १ का पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने छ ।
उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ।
प्रकाशित मिति : १ मंसिर २०७८, बुधबार ७ : २८ बजे
प्रतिक्रिया