बढ्यो सुनको मूल्य

काठमाडौँ – नेपालको सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रू ५०० ले बृद्धि भएर रू ९४ हजार ८०० कायम भएको छ ।

सोमबार सुन प्रतितोला रू ९४ हजार ३०० मा कारोबार भएको थियो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रू ९४ हजार ३०० रहेको  छ  ।  अघिल्लो दिन तेजाबी सुन प्रतितोला रू ९३ हजार ८०० तोकिएको थियो ।

    त्यस्तै आज चाँदीको मूल्य सोमबारका तुलनामा रू १० ले वृद्धी भएर रू एक हजार २९० कायम भएको महासङ्घले जनाएको छ । चाँदी शुक्रबार प्रतितोला रू एक हजार २८० मा कारोबार भएको थियो । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८६६ डलर आसपासमा कारोबार भइरहेको छ । 
 

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ११ : ३५ बजे