सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

चक्कु प्रहार गरेर दाजुको हत्या, भाइ पक्राउ

इलाम – इलामको सन्दकपुर गाउँपालिका-१ चापगैरीमा भाइले दाजुको हत्या गरेका छन् ।

भाइ चक्र मुखियाले चक्कु प्रहार गरेर दाजु इच्छा मुखियाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायव उपरीक्षक गंगाबहादुर थापाले जानकारी दिए । घटना साेमबार साँझ पौने ६ बजे भएकाे हाे  ।

काका मानबहादुर मुखियाको घरमा मदिरा सेवनको क्रममा विवाद हुँदा भाइले दाजुलाई चक्कु प्रहार गरेकाे प्रहरीकाे दाबी छ । चक्कु प्रहार गरेर दाजुकाे हत्या गरेकाे आराेपमा प्रहरीले चक्रलाई चक्कुसहित नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ८ : ४७ बजे