विप्लव समूहको नेपाल बन्द आज

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दको आह्वान गरेको छ । नेपाल बन्दका कारण काठमाडौंका सडकमा आशिंक प्रभाव परेको देखिन्छ । काठमाडौंमा आज विहानैदेखि सार्वजनिक सवारीहरु कम चलेका छन् । नीजि सवारी र अत्यावश्यक सामान तथा खाद्यान्न बोकेका गाडीहरु चाहिँ सडकमा निर्वाध गुडिरहेका छन् । पेट्रोलियम पर्दाथको बिरोधमा विप्लब समूहले आज नेपाल बन्दको घोषणा गरेको हो ।

प्रकाशित मिति : ३० कार्तिक २०७८, मंगलबार  ६ : २३ बजे