सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

थप ४१६ जनामा कोरोना संक्रमण पुष्टि, १ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ४१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिबाट १२ हजार ४०२ जनामा परिक्षण गर्दा ४१६  जनामा कोरोना संक्रमण देखिएको हो ।  यस्तै, आज थप २७० जना कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ३११ जना रहेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ४७८   पुगेको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ५ : ०३ बजे