सुनको मूल्य अहिलेसम्मकै उच्च

विदेशिए गोठाला, हराए गोठ

यस्तो छ आजको मौसम पूर्वानुमान

सेवाग्राहीसँग घुस लिँदालिँदै जनप्रतिनिधि पक्राउ 

सर्लाही – सेवाग्राहीसँग घुस लिएको आरोपमा सर्लाहीको ईश्वरपुर नगरपालिका–११ का वडा सदस्यद्वय सोनेलाल साह र उमेश राय पक्राउ परेका छन् । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवासको टोलीले वडा सदस्यद्वयलाई लालबन्दी नगरपालिका–७ स्थित कृष्ण इन्टरप्राइजेजबाट सोमबार नियन्त्रणमा लिएको हो । 

काम मिलाइदिन्छु भन्दै एक लाख ५० हजार रुपैयाँ घुस लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरिएको अख्तियारले जनाएको छ । 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ४ : १५ बजे