सडक यातायात क्रमशः सहजतातर्फ

एमालेको सचिवालय बैठक सुरु

आन्दोलनरत कानुन व्यवसायीलाई वार्तामा आउन प्रधानन्यायाधीशको आह्वान

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आन्दोलनरत कानुन व्यवसायीलाई वार्ताका लागि आह्वान गर्नुभएको छ ।

आज एक प्रेस विज्ञप्ति जारी गर्दै जबराले आफ्नो राजीनामा मागेर प्रदर्शनमा उत्रिएका नेपाल बार एशोसियसनका पदाधिकारी र कानुन व्यवसायीलाई विग्रहको बाटो छोडेर संवादको मार्ग रोज्न आह्वान गर्नुभयो । उहाँले आफूमाथि एकपक्षीय ढंगले निरन्तर रुपमा तथ्यहीन, भ्रमपूर्ण र अनर्गल आरोप लगाइएको भन्दै दुःख व्यक्त गर्नुभयो ।

सरकार विस्तारमा भाग खोजेको र न्यायालय सुधारमा चासो नदिएको भन्दै कानुन व्यवसायीहरु अहिले प्रधानन्यायाधीश जबराको राजीनामा माग गर्दै आन्दोलनमा छन्।

विज्ञप्तिमा प्रधानन्यायाधीश जबराले न्यायपालिका सुधारका लागि न्यायाधीश हरिकृष्ण कार्की नेतृत्वको समितिले दिएका सुझावहरु कार्यान्वयन गर्नका लागि आफू तयार रहेको पनि उल्लेख गर्नुभएको छ ।

 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  १२ : २९ बजे