यस्तो छ आजको विनिमय दर

सर्वोच्च अदालत परिसरमा प्रहरी र वकिलबीच घम्साघम्सी 

काठमाडौँ । सर्वोच्च अदालत परिसरमा आन्दोलित नेपाल बार एसोसिएसनका पदाधिकारीसहित सदस्य र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको छ । 

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग्दै आन्दोलनमा उत्रिएका कानुन व्यवसायी र सुरक्षाकर्मीबीच घम्साघम्सी भएको हो । 

जबरालाई कार्यालय प्रवेशमा रोक्ने गरी बार आन्दोलनमा उत्रिएको छ । आन्दोलित कानुन व्यवसायीलाई सर्वोच्च प्रवेशमा रोक्न प्रहरीले प्रयास गरेपछि धकेलाधकेल भएको हो । 

बार महासचिव लिलामणी पौडेलले आफूहरूमाथि बल प्रयोग भएको बताउनुभयो। 

प्रकाशित मिति : २९ कार्तिक २०७८, सोमबार  ११ : ०७ बजे